खोल्सो
ना. [खोलो+सो]
- दुई डाँडा वा अग्ला जमिनका बिचको, सानो सोतो बग्ने, साँगुरो र गहिरो ठाउँ; भिरालो धरातलमा पानी बगेर गहिरिएको जमिनको भाग; खोँच; खाई।
- सानोतिनो खोलो; खहरे।
- कुलेँसो; कुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)