गँड्यौलो
ना. [सं. गण्ड+यौलो]
- वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बर्स्यौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)