गजो
ना. [फा. गज]
- बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज।
- ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो-छोटो डन्डी।
- हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)