गधापच्चिसी

ना.

  1. उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था। (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)