गन्ध

ना. [सं.]

  1. नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँ जिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना।
  2. पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण।
  3. पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।
  4. थोरै मात्रा; सारै थोरै अंश; लेश।
  5. दुर्गन्ध; हरक।
  6. कुनै कुराको साह्रै मसिनु रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)