गलेश्वर

ना. [सं.]

  1. म्याग्दी जिल्लाको बेनी बजारबाट एक कोस उत्तरपट्टि कालीगण्डकी र राखुघाट खोलाका दोभानमा अवस्थित महादेव; पौराणिक उपाख्यानअनुसार सतीदेवीको गलो पतन भई शिवजी उत्पन्न भएको र प्रत्येक वर्ष बालाचतुर्दशीमा मेला लाग्ने सोही ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)