गहना

ना.

  1. सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि विभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु; अलङ्कार।
  2. शोभा दिने र बाह्य इज्जत बढाउने किसिमका कुरा वा गुण। (उदा.- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)