गाँठो

ना. [प्रा. गण्ठो< सं. ग्रन्थ]

  1. डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैँ फेरो परेर हुने डल्लो; ग्रन्थि।
  2. गानु; डल्लो।
  3. बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो।
  4. अड्को; समस्या; रहस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)