गाईजात्रा

ना.

  1. भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर अथवा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने देशिक यात्रा; गोयात्रा।
  2. सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्ययुक्त प्रदर्शन।
  3. बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम-कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)