गुठीसंस्थान
ना.
- सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा-जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार, निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)