गुराँस

ना. [सं. गौर]

  1. प्रायः चार हजार फिटभन्दा माथि र दश हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने, धेरैजसो रातो र कतै सेतो पनि फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल।
  2. रातो रङमा फुल्नेचाहिँ नेपालको राष्ट्रिय फूल (लालीगुराँस)।
  3. दाल खाइने; मस्याङजस्तो एकथरी अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)