गुरुघण्टाल
ना.
- मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक गुरु।
- आफैँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस।
- साह्रै चलाख वा धूर्त व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)