गुल्टनु

अ.क्रि. [गुन्टो+नु]

  1. थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु।
  2. उत्तानो टाङ हुनु; उभिन्डिनु।
  3. प्रयास खेर जानु; फेल हुनु।
  4. पराजित हुनु; हार्नु।
  5. मर्नु; जिब्रो टोक्नु।
  6. सखाप हुनु; बिग्रनु; नष्ट हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)