गुल्म
ना. [सं.]
- एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस, धान आदि)।
- नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैँतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ; सेनाहरूको एक गण।
- एक सुरक्षा चौकी।
- वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग; वायुगोला; गानुगोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)