गोत्र

ना. [सं.]

  1. वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि-आएको पुर्ख्यौली चिनाउने उपनाम (कौडिण्य, कश्यप, वसिष्ठ, भारद्वाज इ.)।
  2. वंश; कुल; पुर्ख्यौली।
  3. जाति; वर्ग।
  4. सन्तान।
  5. नाम; संज्ञा।
  6. गाईलाई रक्षा गर्ने व्यक्ति; गोरक्षक।
  7. पृथ्वी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)