गोदान
ना. [सं.]
- कुनै विशेष मङ्गल-कार्यमा वा अवसरमा प्रायश्चित्त आदिका निम्ति शास्त्रीय विधिअनुसार सङ्कल्प गरेर ब्राह्मणलाई गाईदान गर्ने क्रिया वा व्यवस्था; गौदान।
- ब्राह्मणका षोडश संस्कारमध्ये एक; क्षौरकर्म; छेवर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)