गोरखधन्दा
ना.
- तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि-बलको खेल।
- गोरखनाथले निर्माण गरेको, मनलाई एकाग्र गराउने त्यस्तो धन्दा वा काम।
- धेरै अलमलिनुपर्ने वा छुटकारा नपाइने झमेलाको काम; कोतेधन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)