गोला

वि. [सं. गोल]

  1. बाटुलो; वृत्ताकार; गोलो।
  2. कुनै पनि गोलो पदार्थ वा पिण्ड (भकुन्डो, अरिङ्गालको गोलो, भोगटेको दानु इ.)।
  3. हातैले वा तोप आदि कुनै प्रहारक अस्त्रका सहायताले हुत्त्याएर प्रहार गरिने गोलो विस्फोटक वस्तु।
  4. वायुविकारबाट वा अन्य कारणबाट हुने पेटको रोग; वायुगोला; गानु।
  5. थुप्रै अरिङ्गाल, मान्छे, कमिला आदि एकै ठाउँमा झुम्मिएको अवस्था; बाक्लो हुल।
  6. अनाज आदिका व्यापारीको क्रयविक्रयको थलो।
  7. बाँडफाँड, लेनदेन, छनोट वा चुनाउ आदिमा सामान्य प्रकारले छिनोफानो हुन नसक्ता निर्णयका लागि प्रयोग गरिने चिट्ठासँग मिल्दोजुल्दो पद्धति वा सोको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)