गौतम

ना. [सं.]

  1. इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि।
  2. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम।
  3. सप्तर्षिमध्येका एक ऋषि वा तारा।
  4. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)