गौथली
ना.
- टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने भीरगौँथली र घरका दलीन आदिमा गुँड लाउने घरगौँथली नामको चरो।
- घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)