ग्रह

ना. [सं.]

  1. सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु)।
  2. सूर्यको परिक्रमा गर्ने तारा।
  3. लिने वा समात्ने काम; ग्रहण।
  4. नौ ग्रहका आधारमा नौ सङ्ख्याको सूचक शब्द।
  5. नौ अङ्गुल, नौ मात्रा, प्रादेश, सूत्रद्वार वा शक्ति बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)