ग्राम

ना. [सं.]

  1. सानो-सानो बस्ती; गाउँ।
  2. जमात; समूह; समुदाय।
  3. सङ्गीतमा वा वाद्यवादन र गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरहरूको समूह; सप्तस्वर; सप्तक। (यसका तीन खण्ड छन्- षडज, मध्यम र गान्धार। यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमूत र सुभद्र पनि भनिन्छन्)।
  4. लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)