घ

  1. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण; कण्ठ्यस्थानबाट उच्चारण हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; घरजस्तो घ।
  2. लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन, उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक चौथो चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)