घनत्ववाद
ना.
- साहित्यमा, लम्बाइ, चौडाइमात्र नभएर गहिराइमा विश्वास गर्ने र कलात्मक एकतामा सम्पूर्णता हुनुपर्छ भन्ने, अनि मूर्ततामाभन्दा अमूर्ततामा विश्वास गर्ने एक सिद्धान्त।
- विश्वसाहित्यमा देखा परेको र नेपालीमा तेस्रो आयामको साहित्यिक दर्शन बनेको त्यसै व्यापकतालाई अँगाल्न खोज्ने वाद वा सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)