घरङ्घाट

ना. [घर न घाट]

  1. घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कँदै गएको चाल; ओरालो लाग्ने काम; अवनति।
  2. सर्वनाश; सत्यानाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)