घाट
ना. [सं. घट्ट]
- नदीको दायाँबायाँको किनार; तीर्थस्थल।
- नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान।
- जहाज, डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ।
- वनजाँचको चौकी।
- गाहकीहरूको भिड।
- आवागमनका निम्ति सजिलो पर्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)