घुगुती
ना.
- आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दै खेलाउने काम; गुघुती।
- पराल वा कपडा बिछ्याइएका ठाउँमा केटाकेटीले मुन्टो टेकेर पर्लक्क पल्टँदै खेल्ने खेल।
- ढुकुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)