घुर्रा/घुर्रो

ना. [घुर्र+आ/ओ]

  1. मही पार्दा मदानीको सर छिराएर अड्याइरहने काठको प्वाल भएको चक्का।
  2. रोटेपिङमा पिर्का अड्याउने साधन।
  3. बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो।
  4. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)