घोट्टा
ना. [सं. घोटन]
- भाङको पात भिजाएर मरिच मिसाई बेसरी पिँधेर वा घोटेर तयार पारीकन गोला वा गोलीका रूपमा खाइने मादक पदार्थ अथवा त्यसरी तयार पारिएको भाङको लेदोमा बदाम, किसमिस, सुकुमेल आदि पौष्टिक पदार्थ तथा दुध र चिनी हालेर सर्वतका रूपमा पान गरिने नसालु पदार्थ।
- कामको रगडाइ; घोटाइ।
- बारम्बारको रफत वा अभ्यास; मिहिनेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)