चन्द्रमण्डल

ना.

  1. चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखापर्ने गोलाकार परिधि।
  2. चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रबिम्ब; चन्द्रमाको मण्डल।
  3. हठयोगअन्तर्गत दुवै आँखीभौँ जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)