चमेरो
ना.
- दिउँसो रुखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जिउभरि भुत्ला भएको, पातलो कपडा झैँ झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी प्राणी।
- दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)