चाँगुनारायण

ना. [सं. चम्पकनारायण]

  1. काठमाडौँ उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१-मा आफ्नी आमा राज्यवतीको सम्झनामा निर्मित, कलापूर्ण प्रसिद्ध मन्दिर वा धार्मिक पीठ; सोही मन्दिरभित्र स्थापित तथा कार्तिक शुक्ल एकादशीमा मेला लाग्ने चार नारायणमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)