चाक्षुष

वि. [सं.]

  1. आँखासम्बन्धी; आँखाको।
  2. दृष्टिद्वारा उत्पन्न भएको; दृष्टिमा निर्भर रहेको।
  3. आँखाले देखिने वा ग्रहण गर्ने।
  4. देखी जान्ने (साछी)।
  5. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद।
  6. पुराणअनुसार छैटौँ मनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)