चिम

ना. [अङ्. चिमनी]

  1. लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी; बिजुलीको बल्ब; गुलुप।
  2. आगोबाट निस्किएको धुवाँ बाहिर पठाउन बनाइएको निकास; ठुलो ढुङ्ग्रो; घरको छानामाथि वा इन्जिनयुक्त यन्त्रहरूमा धुवाँको निकासका निम्ति बनाइने ढुङ्ग्रोका आकारको अवयव।
  3. आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)