चिसापानीगढी

ना.

  1. काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी।
  2. हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत-शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र।
  3. राजधानी आउने-जानेको खान-तलासी २००७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिँदै आएको एक गौँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)