चुना

ना.

  1. पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो; सोही धुलो पानीमा रयालिएको सेतो र बाक्लो तरल वस्तु।
  2. शरीरको कुनै भाग वा कपडा खुम्चिएर रेखैरेखा वा गरैगरा परेको स्थिति।
  3. घरको गारो वा भित्तो पोत्न हुने सेतो धुलो; चुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)