चेपुवा
ना. [चेप्+उवा]
- चेपेर तेल पेल्ने कोल।
- त्यसरी तेल पेल्ने साधन।
- गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन।
- यताउति गर्न वा बोल्न नसक्ने स्थिति।
- तीन इन्चजति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो।
- चेप्ने काम गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)