चोख्याउनु
स.क्रि. /प्रे.क्रि. [चोखि+याउ+नु]
- चोखो हुने पार्नु; पवित्र तुल्याउनु।
- गाईभैँसी ब्याएका सात वा एघार दिनका दिन दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवाँर आदि गरी चोखो वा पवित्र पार्नु।
- जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)