छँटनी

ना. [छाँट+अनी]

  1. छाँटछुँट पार्ने काम; छँटाइ।
  2. धेरै भएर गाँजिई सेप लाग्ने अवस्थामा पुगेका बोटबिरुवालाई उखेलेर छरितो पार्ने वा ठिक्क राख्ने काम।
  3. कुनै पदार्थमा मिसिएको विजातीय पदार्थ वा अनिष्ट वस्तुलाई हटाउने काम।
  4. अनावश्यक वा अल्छी र अयोग्य कामदारहरूलाई हटाउने काम; पजनी।
  5. विभिन्न ठाउँमा लैजाने वस्तुहरूलाई बेग्लाबेग्लै छुट्ट्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)