छन्द
ना. [सं.]
- यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चत मान वा रूप; त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य; वृत्त।
- इच्छा; अभिलाषा।
- छाँट; ढङ्ग; चालचलन।
- बन्धन; गाँठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)