छलक्क

क्रि.वि. [अ.मू. छलक्+क]

  1. भाँडामा हालेको, पोखरीको र नदीको पानी वा त्यस्तै हालतमा रहेको कुनै तरल पदार्थ छचल्किए झैँ; छल्को उत्पन्न हुने गरी।
  2. तरुनी आइमाईको स्तन हल्लिए झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)