छाया
ना. [सं.]
- सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल।
- बत्तीको प्रकाश छेकिँदा देखापर्ने ओझेल।
- ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।
- एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।
- नक्कल गरिएको स्थिति; अनुकृति।
- जस्ताको तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।
- मिल्दोजुल्दो अवस्था; सादृश्य।
- अँध्यारो; प्रकाशहीन स्थिति।
- आफूभन्दा ठुलाको आश्रय।
- सूर्यकी ल्याइते पत्नीको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)