छायाचित्र
ना.
- विशेष प्रकारका काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा दुरुस्त स्वरूप देखिई चित्राङ्कित भएको वस्तु।
- त्यस्ता फलकबाट उतारिएको चित्र।
- छायाका सहायताले अभिनय गरिएको विषय।
- वर्णनद्वारा विषयवस्तुका बाह्य वा आन्तरिक स्वरूपहरू उतारिएको रचना।
- बाइस्कोप आदिबाट देखिने चित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)