छारकाप्रो

ना.

  1. बोक्सी, डाइनी आदि लागेका रोगीलाई रोगबाट मुक्त गराउनका लागि धपधप बलिरहेको अगुल्टामा धामी-झाँक्रीले सालधूपको धुलो हाली झ्वार्र ज्वाला निकाल्दै उसको शरीर सेकेर गर्ने उपचार।
  2. गोडा आदिमा दम्को परेर वा अन्य कारणबाट भएको पीडा निको पार्नका निम्ति तताएका लोहोरा, खरानी, बालुवा आदिलाई कपडाले बेरेर सेक्न बनाइएको वस्तु।
  3. त्यसैले सेक्ने काम।
  4. झारा टार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)