छोड्नु
स.क्रि. [प्रा. छोट्ट+नु]
- आफ्नो अधिकार वा स्वत्व त्याग्नु; छाड्नु।
- बन्धनमा परेका बस्तुभाउलाई फुकाउनु; कैदमा परेको बन्दी फुक्का गर्नु।
- गोला, बारुद, क्षेप्यास्त्र आदि फ्याँक्नु; प्रक्षेपण गर्नु।
- चिठीपत्र आदि हुलाकबाट चलाउनु।
- बिरामी निको हुनु; रोगमुक्त हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)