छ्वालछ्वाल

ना. [अ.मू. छ्वाल्+अ(द्वि.)]

  1. तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि।
  2. त्यस्तो ध्वनि उत्पन्न गर्ने चाल वा गति।
  3. त्यस्तो ध्वनि वा चालका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)