छ्वासछ्वास
ना. [अ.मू. छ्वास्+अ(द्वि.)]
- छुँदै जाने वा एकपछि अर्को गर्दै छुने कार्य; पटकपटकको छुवाइ।
- अलिअलि वा छुसछुस बाँड्ने कार्य; अपर्याप्त वितरण।
- लगातारको घोचाइ; च्वासच्वास।
- त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)