जगल्टो

ना. [सं. जगर+टो]

  1. कोरीबाटी केही नगरी पाल्नाले रूखिएर लट्टिएको कपाल; झाँक्रो।
  2. योगीतपस्वीहरूको कपाल; जटा।
  3. पराल, खर, बाबियो, सनपाट आदि तृणदार घाँसको जथाभाबी पारिएको गुजुल्टो।
  4. सागपात, गुन्द्रुक आदि झुत्रा हुने वस्तुको गुजमुजिएको लट्टा; जगटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)