जनाउनु
स.क्रि. [जान्+आउ+नु]
- कुनै कुराको जनाउ दिनु; सूचित गर्नु।
- ज्ञात गराउनु; बोध गराउनु।
- सङ्केत गर्नु; इसारा दिनु।
- कागतपत्रका बेहोरामा विशेष बोली वा लबज पार्नु; उल्लेख गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)