जलाउनु
स.क्रि.
- नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु।
- खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु।
- दुःख लाग्ने कुरा वा व्यवहार गरेर अरूको मन दुखाउनु।
- कुनै मङ्गलकार्यको प्रारम्भ गर्दा वा पूजाआजाका बेलामा दियो, बत्ती आदि बाल्नु वा सल्काउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)